शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैडकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताद्वय कमल प्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको हो ।

त्यस्तै, केन्द्रीय संगठन विभागको सदस्यमा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रुपन्देही) र डा.विमल तिवारी (सिराह) लाई मनोनयन गरिएको छ ।

बैठकमा कार्यवाहक सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए । सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो । रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आगामी पुस १९, २० र २१ गते बस्ने निर्णयसमेत भएको छ ।

अर्यालले कार्यवाहकको जिम्मेवारी पाएपछि रास्वपाको यो पहिलो बैठक हो । यस बैठकलाई विशेष रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP