आइतबार , जेठ २६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैडकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताद्वय कमल प्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको हो ।

त्यस्तै, केन्द्रीय संगठन विभागको सदस्यमा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रुपन्देही) र डा.विमल तिवारी (सिराह) लाई मनोनयन गरिएको छ ।

बैठकमा कार्यवाहक सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए । सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो । रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आगामी पुस १९, २० र २१ गते बस्ने निर्णयसमेत भएको छ ।

अर्यालले कार्यवाहकको जिम्मेवारी पाएपछि रास्वपाको यो पहिलो बैठक हो । यस बैठकलाई विशेष रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP