सोमबार , असार १५, २०८३

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु इन्कार गरेका छन् ।

स्रोतका अनुसार लामिछानेले कुनैपनि कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।

लामिछानेको बयान आज नसकिएकाले भोलिपनि जारी रहने बताइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नेकी धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने टुङ्गो लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP