शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाओवादी केन्द्र) ले गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको संयुक्त सरकारले सत्ताको चरम दुरुपयोग गर्दापनि उनीहरुलाई स्थानीय तह उपनिर्वाचनमा जनताले नपत्याएको निश्कर्ष निकालेको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिको बारेमा संक्षिप्त रिपोर्टिङ गरेका थिए । त्यसपछि स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा पार्टीका प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको स्थितिको बारेमा जानकारी गराएका थिए । त्यसपछि बैठकले स्थानीय उपनिर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको र माओवादीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको निश्कर्ष निकालेको छ ।

त्यस्तै, कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगको बावजुद पनि पार्टीको जनमत ह्रास उन्मुख अवस्थामा देखिएको र उनीहरुलाई जनताले नपत्याएको माओवादीको निश्कर्ष छ । स्थानीय तह उपनिर्वाचनमा माओवादीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहको क्रियाशीलताले पनि निर्वाचन परिणाममुखी बनेको सर्कूलरमा उल्लेख छ ।

स्थानीय उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकतावद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा पनि बैठकको निश्कर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP