आइतबार , जेठ २६, २०८२

नेकपा (एमाओवादी केन्द्र) ले गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको संयुक्त सरकारले सत्ताको चरम दुरुपयोग गर्दापनि उनीहरुलाई स्थानीय तह उपनिर्वाचनमा जनताले नपत्याएको निश्कर्ष निकालेको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिको बारेमा संक्षिप्त रिपोर्टिङ गरेका थिए । त्यसपछि स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा पार्टीका प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको स्थितिको बारेमा जानकारी गराएका थिए । त्यसपछि बैठकले स्थानीय उपनिर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको र माओवादीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको निश्कर्ष निकालेको छ ।

त्यस्तै, कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगको बावजुद पनि पार्टीको जनमत ह्रास उन्मुख अवस्थामा देखिएको र उनीहरुलाई जनताले नपत्याएको माओवादीको निश्कर्ष छ । स्थानीय तह उपनिर्वाचनमा माओवादीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहको क्रियाशीलताले पनि निर्वाचन परिणाममुखी बनेको सर्कूलरमा उल्लेख छ ।

स्थानीय उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकतावद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा पनि बैठकको निश्कर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP