सोमबार , असार १५, २०८३

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र जिल्ला अदालतका न्यायाधीशबीच इजलासमा सवाल–जवाफ चलेको छ ।

लामिछानेलाई हिरासतमा राख्न अदालतले पछिल्लो पटक दिएको अनुमतिको समय सकिएपछि आज कास्की जिल्ला अदालतमा उनलाई पेश गरिएको थियो ।

म्याद थप बहसका क्रममा न्यायाधीश हिमाल बेलबासेले ‘तपाईँहरुलाई केही भन्नु छ’ भनी प्रतिवादीहरुलाई सोधेका थिए । न्यायाधीश बेलबासेले सोधेसँगै लामिछानेलाई आफूलाई लामो समय हिरासतमा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । आफूलाई हिरासत बाहिर नै राखिँदा पनि कुन प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्ने आजसम्म थाहा पाउन नसकेको रविले जिज्ञासा राखे ।

लामिछानेको जिज्ञासामा न्यायाधीश बेलबासेले त्यो कुरा पछि थाहा हुने र यो अनुभव पछि आफैंलाई काम लाग्ने जवाफ दिए ।

जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP