आइतबार , बैसाख ७, २०८२

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र जिल्ला अदालतका न्यायाधीशबीच इजलासमा सवाल–जवाफ चलेको छ ।

लामिछानेलाई हिरासतमा राख्न अदालतले पछिल्लो पटक दिएको अनुमतिको समय सकिएपछि आज कास्की जिल्ला अदालतमा उनलाई पेश गरिएको थियो ।

म्याद थप बहसका क्रममा न्यायाधीश हिमाल बेलबासेले ‘तपाईँहरुलाई केही भन्नु छ’ भनी प्रतिवादीहरुलाई सोधेका थिए । न्यायाधीश बेलबासेले सोधेसँगै लामिछानेलाई आफूलाई लामो समय हिरासतमा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । आफूलाई हिरासत बाहिर नै राखिँदा पनि कुन प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्ने आजसम्म थाहा पाउन नसकेको रविले जिज्ञासा राखे ।

लामिछानेको जिज्ञासामा न्यायाधीश बेलबासेले त्यो कुरा पछि थाहा हुने र यो अनुभव पछि आफैंलाई काम लाग्ने जवाफ दिए ।

जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP