आइतबार , जेठ २६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवदेन बुझाएको छ । गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन र प्रमाणका आधारमा कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारेमा अध्यायन र निर्क्यौल हुनै बाँकी रहेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले बताएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नता रहेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको बेलामा सहकारीबाट पैसा लानमा भूमिका निर्वाह गरेको र सो पैसा अपचलनमा संलग्न भएको उनीमाथि आरोप छ । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ पनि हिरासतमा नै छन् । उनीहरुलाई पनि प्रतिवादी बनाइ प्रहरीले प्रतिवेदन पेश गरेको हो । सो कसुरका मुख्य नाइके भनिएको गितेन्द्रबाबु राई भने फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP