शनिबार , भाद्र १३, २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन् । आज (शनिबार) पार्टीको रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको बहृत्त राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने,‘विचार र इमानदारितामा को राम्रो छ भन्ने कुरा नेपाली जनताले अब राम्रोसँग् बुझिसकेको छन्, अहिलेको सत्तारुढ दलका नेताहरू जिल्लामा जाँदा जनताले चोर नेता भन्ने थालेको छन् । नयाँ प्रतिवद्धताका साथ जनतामा जान्छौं र जनताकै तागतले प्रमुख दल भनिनेको सत्ता पल्टाउछौं ।’

उनले माओवादी सिद्दियो भन्नेहरुलाई अब ०८४ को निर्वाचनमा देखाईदिने चेतावनी दिए । उनले माओवादी अब ०६४ कै अवस्थामा फर्किनेपनि दाबी गरे । उनले भने,‘प्रचण्डको युग सिद्धियो भन्नेहरूलाई उप–चुनावले देखाइसकेको छ, विगतमा भएका केही त्रुटीलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी नयाँ उर्जाका साथ आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किन्छ । हामी जनतातिर फर्किन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP