आइतबार , जेठ २६, २०८२

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन् । आज (शनिबार) पार्टीको रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको बहृत्त राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने,‘विचार र इमानदारितामा को राम्रो छ भन्ने कुरा नेपाली जनताले अब राम्रोसँग् बुझिसकेको छन्, अहिलेको सत्तारुढ दलका नेताहरू जिल्लामा जाँदा जनताले चोर नेता भन्ने थालेको छन् । नयाँ प्रतिवद्धताका साथ जनतामा जान्छौं र जनताकै तागतले प्रमुख दल भनिनेको सत्ता पल्टाउछौं ।’

उनले माओवादी सिद्दियो भन्नेहरुलाई अब ०८४ को निर्वाचनमा देखाईदिने चेतावनी दिए । उनले माओवादी अब ०६४ कै अवस्थामा फर्किनेपनि दाबी गरे । उनले भने,‘प्रचण्डको युग सिद्धियो भन्नेहरूलाई उप–चुनावले देखाइसकेको छ, विगतमा भएका केही त्रुटीलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी नयाँ उर्जाका साथ आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किन्छ । हामी जनतातिर फर्किन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP