आइतबार , जेठ २६, २०८२

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको साईबर व्यूरोको रायसहितको प्रतिवेदनको आधारमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । प्रसाईँ अहिले पनि प्रहरी हिरासतमा छन् । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भनी फेक भिडियो बनाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

यसअघि पनि साइबर क्राइममा पक्राउ परेका प्रसाईँ एक लाख धरौटीमा रिहा भएका थिए । प्रसाईँले निरन्तर रुपमा दलका शीर्ष नेताहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP