आइतबार , जेठ २६, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको बताए ।

‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ प्रचण्डले भने ।

साथै, उनले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे ।

‘विचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन,’ प्रचण्डले भने ।

साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे ।

‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बीचमा गएर तागत केन्द्रिकृत गर्छु भनेको थिएँ । त्यही अनुसार हामी सबै प्रदेशमा गयौं,’ प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP