मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उनले स्पष्ट पारे । पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जादा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभएरबिज्ञ मन्त्री बन्ने व्यसस्थामा गएरमात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए ।

यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उनको जोड थियो । उनले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताए ।

यसपटक विरोधीहरुले माओवादीलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उन अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताए । यसपटक देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले बताए । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उनले बताए ।

प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताए । उनले पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन सम्भव हुने उल्लेख गर्दै विभिन्न धारमा बाडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताए ।

जनयुद्धको तयारी, थालनी, सञ्चालन हुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उनले स्पष्ट गरे । प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताए ।

सो अवसरमा प्रचण्डले भर्खरै सप्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP