सोमबार , जेठ २७, २०८२

झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नारायण नगरकोटीका र सानुमाया नगरकोटीका दुई छोरीहरूसँग पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

शनिबार बिहान खुमलटारमा छोरीहरू गरिमा र अनुलाई बोलाएर भेट गर्दै स्टेशनरी सामानहरू प्रदान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गत २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले नगरकोटी दम्पती सवार गाडी दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटी दम्पतीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यसअघि १० मंसिरमा नगरकोटीको घरमै पुगेर प्रचण्डले अभिभावक बन्ने घोषणा गरेका थिए । नारायण कागेश्वरीका माओवादी नेता समेत हुन् ।

अध्यक्ष प्रचण्डको अभिभावकीय भूमिकालाई सहजीकरणका लागि शनिबार उद्धव नेपालले स्टेशनरी र सबै लजिष्टिकको जिम्मेवारी लिएको सचिवालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP