शनिबार , भाद्र १३, २०८३

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार तत्कालै नढल्ने दाबी गरेका छन् । उनले सरकार कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै वर्तमान कांग्रेस र एमालेको समिकरण आगामी ०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला रुपन्देहीमा आयोजित रुपन्देही उद्योग संंघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले भने,”हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ, म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु-यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबिचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP