आइतबार , असार १४, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यक्ता, ऋण तिर्न सक्ने क्षमतालगायतका कुरालाई ध्यानमा राखेरमात्रै नेपालले छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताएका छन् । आफ्नो आसन्न चीन भ्रमणबारे सुझाव लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा भाग लिएर निस्किने क्रममा उनले नेपाल ऋण लिने सन्दर्भमा योसँग लिने र अर्कोसँग नलिने भन्ने नीतिमा जान नहुने बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा आफ्नो देश र जनताको आवश्यक्ता, ऋण तिर्न सक्ने क्षमतालगायतको ख्याल गरेर निर्णय गर्न सुझाव दिएको बताए ।

चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिने कि अनुदानमा भन्ने सन्दर्भमा ‘अनुदान भनेर नेपालले टोपी नै थाप्न नहुने’ उनको सुझाव छ । अनुदानमा आएको प्रोजेक्टहरुमा झन धेरै भ्रष्टाचार भएको पाइएको नेता लोहनीले बताए ।

‘म अनुदान भनेर हरेक ठाउँमा टोपी थापेर हिँड्ने आर्थिक रणनीतिको पक्षमा छैन । अनुदानमा आएको प्रोजेक्टमा झन भ्रष्टाचार हुनसक्छ भन्ने पनि देखिइसकेको छ । जस्तो पोखराको एयरपोर्टको प्रोजेक्टमा अहिले संसद्ले पनि छानविन गरिराखेको छ । ठूलो भ्रष्टाचार भएको छ भन्ने छ । अनुदान भन्ने कुरा अहिले संसारमा घट्दै गएको छ । सबै देशहरु ऋणमै दिन खोज्छन्, अनुदानमा दिन खोज्दैनन्,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP