आइतबार , भाद्र १४, २०८३

पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमाले–कांग्रेसले तालमेल गरेका हुन् । पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेर माओवादीलाई हराउने रणनीतिअनुसार तालमेल गरिएको बताइको छ ।

पुथा उत्तरगंगामा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन् । रोचक कुरा के छ भने तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचन लड्नुपर्ने सहमति भएको छ ।

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । कांग्रेसले वडा नं. २ मा रोकालाई समर्थन गर्ने भएको छ ।

पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस–एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेल भएको बताइएको छ । सवारी दुर्घटनामा परी उपाध्यक्ष उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP