आइतबार , बैसाख ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी नदिन भनी धम्की आएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । आज (आइतबार) कार्यवाहक महामन्त्री बुर्लाकोटीले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी नदिन भनी पार्टीकी सुजता थापालाई धम्की आएको उल्लेख गरेका छन् ।

उम्मेदवारका लागि तयार रहेकी थापा र उनका श्रीमान बल थापालाई मंसिर १ गते दिउँसो करिब १ बजे ४०÷४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको बुर्लाकोटीले उजुरीमा उल्लेख गरेका छन् । धम्की र मानसिक दवाबका कारण सुजता उम्मेदवार दिन नसक्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ,’– कार्यवाहक महामन्त्री बुर्लाकोटीले उजुरीमा भनेका छन् ।

उम्मेदवारी नदिने धम्क्याउने र अपहरण गर्ने कार्यमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको पनि उनले खुलाएका छन् । रास्वपाबाट उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका केही सदस्यहरुलाई दुर्व्यवहार, लछारपछार र कुटपिटसमेत भएको उनले बताएका छन् ।

मधेश प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्कीदिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको र उम्मेदवारी दिन तयार व्यक्ति र उनीहरुको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने अलोकतान्त्रिक व्यवहार भइरहेको भन्दै बुर्लाकोटीले आयोगको ध्यानाकार्षण गराएका छन् ।

उनले घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोगसमेत समयमै प्राप्त हुन नसकेको बताएका छन् । घटनामा संलग्न दोषीहरुलाई कानुनबमोजिम कारबाही गर्न उनले आयोगसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP