मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धेरै दिन टिक्लाजस्तो नलागेपनि आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कार्यकाल १८ महिना टिकेको दाबी गरेका छन् । आज (बुधबार) प्रचण्डपथः सडक कि सत्ता विषयक कान्तिपुर कन्क्लेभमा प्रचण्डले आफू नेतृत्वको १८ महिने प्रधानमन्त्रीत्वको कार्याकाल सफल भएको दाबी गरेका हुन् ।

‘गएको १८ महिनामा राम्रो गर्छौं, नराम्रो गर्दैनौं भनेर मैले सुरु गरेको थिएँ । मैले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैगर्दा यो पटक मेरो लागि चुनौति पनि हो, अबसर पनि हो । त्यसकारण म राम्रो गर्ने प्रयास गर्छु, नराम्रो चाहीँ गर्दिनँ । यो सरकार कतिदिन टिक्छ मलाई थाहा छैन । हुनसक्छ एक दुई महिनामा जानसक्छ किनकी मेरो त ३२ सिट छ भन्ने मलाई थाहा थियो नि । जादु भनेपनि म्याजिक भनेपनि रियालिटी त त्यही हो मेरो । त्यसकारण धेरै दिन टिक्लाजस्तो मलाई लाग्दैन थियो । एक महिना भएपनि राम्रो गरेर छोड्छु, दुई महिना भएपनि राम्रो गरेर छोड्छु भनेकै थिएँ । १८ महिना गयो । ठूलो कुरा भयो । १८ महिना जानु ठूलो कुरा भयो र १८ महिना मूलभूत रुपमा सफलताको साथ गयो,’– उनले भने ।

साथै, अहिले सत्तारुढ दलका नेता र प्रधानमन्त्री जहाँ जाँदा पनि विरोध र कालो झण्डा प्रदर्शन भइरहेको उनले बताए । प्रचण्डले आफू जहाँ जाँदा पनि जनताको माया र सम्मान पाइरहेको बताए । जनताले प्रचण्डले साँच्चिकै परिवर्तन चाहेको थियो भन्ने कुरा बुझेको पनि उनको दाबी छ । ‘अहिले तपाईँ हेर्नुभयो भने दुई तिहाईवाला नेता साथीहरु जनताको बीचमा जाँदा कालो झण्डा, नाराबाजी सबै भएको छ । म गएको छु, बाढीपहिरो आयो, पीडित जनताको बीचमा गएँ । त्यहाँ जनताको निकै ठूलो माया र सम्मान मैले पाएँ । जनताले अहिले प्रचण्डले सच्याउन खोजेकै हो भन्ने बुझेका छन्,’– उनले भने ।

पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा केहीहदसम्म माओवादीहरु पनि बिग्रिएको स्वीकार गरे । उनले भेडा र सिंहको कथा सुनाउँदै आफूहरु पनि भेडाको हुलमा हिँड्दा त्यस्तै बन्ने लागेको बताए । अब माओवादी सच्चिने र भेडाहरुको भीडमा नमिसिने पनि उनले बताए । ‘हामी माओवादीहरु त्यस्तै (सिंहजस्तै) थियौं वास्तवमा । भेडासँग हिँदाहिँड्दा अलिअलि भ्याभ्या गर्न थालियो । अब नगर्ने विचार छ मेरो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP