मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गणतन्त्र जनसम्प्रभुताको शासन व्यवस्था भएकोले यसलाई कमजोर बनाउने सबै प्रकारका अराजकता आफूहरुलाई अस्विकार्य रहेको बताएका छन् ।

पोख्रेलले संघीयता र समावेशीतालाई नेपाली समाजको मौलिक विशेषता अनि लोकतन्त्र बलिदानीपूर्ण संघर्षले स्थापित गरेको गौरवपूर्ण जीवन पद्धती भनेका छन् । उनले प्रतिगमन घृणायोग्य रहेको पनि टिप्पणी गरेका छन् । एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभामा सहभागिताको लागि अपिल गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिले देशमा विद्यमान सबै समस्याको समाधान संघीय लोकतान्त्रिक गणतन्त्रभित्रै सम्भव रहेको दाबी गरेका छन् । उनले कुनै प्रकारको अधिनायकवाद, पपुलिज्म र अराजकता समस्याको समाधान नभएको र हुन नसक्ने पनि ठोकुवा गरेका छन् । पोख्रेलले फेशबुकमा लेखेका छन्-

गणतन्त्र जनसम्प्रभुताको शासन व्यवस्था हो,
संघियता र समावेशीता नेपाली समाजको मौलिक विशेषता हो,
लोकतन्त्र बलिदानीपूर्ण संघर्षले स्थापित गरेको गौरवपूर्ण जीवन पद्धती हो ।
संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने सबै प्रकारका अराजकता हामीलाई अस्विकार्य छ ।
प्रतिगमन घृणायोग्य छ । राजनीतिक अस्थिरता हाम्रो समाजको विकास र समृद्धिको वाधक बनेको छ ।
आउनुहोस् सुशासन, विकास र समृद्धिका लागि
संवैधानिक,कानूनी र संरचनागत सुधारको माध्यमवाट राजनीतिक स्थायित्वको आधार निर्माण गर्ने संकल्प यात्रामा सहभागी बनौ ।
आजका सबै समस्याको समाधान संघिय लोकतान्त्रिक गणतन्त्र भित्रै सम्भव छ ।
कुनै प्रकारको अधिनायकवाद, पपुलिज्म र अराजकता समस्याको समाधान होइन र हुन सक्तैन ।
त्यसैले
मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभामा सहभागी बनौ ।
निरासा चिर्दै आशा जगाउने संकल्प र सन्देश सुनौ, हुदै गरेका राम्रा कामका वारेमा र भविष्यको योजनाका वारेमा जानकारी प्राप्त गरौ ।
राष्ट्र र जनताको हितका पक्षमा सकारात्मक सन्देश प्रवाह गरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP