शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने खतरा बढेको टिप्पणी गरेका छन् । आज (आइतबार) मकवानपुरको थाहा नगरपालिकामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले अमेरिकी विकास परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेश (एमसीसी) भन्दा पनि खतरनाक एसपीपी सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । उनले अघिल्लो पटक प्रधानमन्त्री भएको बेला ओलीले एसपीपीका लागि सैद्धान्तिक सहमति दिइसकेको पाइएको प्रचण्डले बताए ।

‘नेपालमा एमसीसीको बारेमा निकै ठूलो डिबेट चल्यो । हामीले पनि एमसीसी नेपालको राष्ट्रिय हितअनुकूल छैन भनेर सदनमा पनि, सडकमा पनि कु्रा राख्यौं । आखिरमा हामीले प्रतिनिधि सभाबाट १२ बुँदे अन्डरस्ट्यान्डिङ पास गरेपछिमात्रै त्यसलाई अगाडि बढाउन सहमत भएका थियौं । त्यो १२ बुँदे जुन बनेको छ, त्यसले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता अच्छुन्न राख्ने कुसन दिएको छ । त्यो भन्दा अलि गम्भीर प्रकृतिका अर्को चिज त, त्यसलाई एसपीपी भनिन्छ ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लो पटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइनै सकेको छ । अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनिपनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार नेपालको राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होईन ? सैद्धान्तिक सहमति आफैंमा गम्भीर विषय हो । अब सम्झौता नै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP