शनिबार , भाद्र १३, २०८३

स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।

बैठकमा आगामी मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाइने बताइएको छ । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।

कोशी प्रदेशका निवर्तमान कानु्नमन्त्री लिलाबल्लभ अधिकारीको बारेमा पनि बैठकले निर्णय लिने बताइएको छ । मानव तस्करीमा जोडिएका अधिकारीलाई एमालेले साधारण सदस्यबाट समते निस्कासन गर्ने तयारी थालेको स्रोतको दाबी छ । निवर्तमान मन्त्री अधिकारी अनुमतिविना नै कुटनीतिक मर्यादा उल्लङ्घन गर्दैै मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरु लिएर जापान पुगेका थिए । उनीसहितको टोलीलाई जापानको अध्यागमन विभागले फिर्ता पठाएसँगै घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP