आइतबार , बैसाख ७, २०८२

स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।

बैठकमा आगामी मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाइने बताइएको छ । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।

कोशी प्रदेशका निवर्तमान कानु्नमन्त्री लिलाबल्लभ अधिकारीको बारेमा पनि बैठकले निर्णय लिने बताइएको छ । मानव तस्करीमा जोडिएका अधिकारीलाई एमालेले साधारण सदस्यबाट समते निस्कासन गर्ने तयारी थालेको स्रोतको दाबी छ । निवर्तमान मन्त्री अधिकारी अनुमतिविना नै कुटनीतिक मर्यादा उल्लङ्घन गर्दैै मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरु लिएर जापान पुगेका थिए । उनीसहितको टोलीलाई जापानको अध्यागमन विभागले फिर्ता पठाएसँगै घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP