आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरण वा जनप्रतिनिधि नै मानव तस्करीमा संलग्न रहेको प्रकरण भएपनि गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमर्फत थापाले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने उल्लेख गर्दै त्यही नै कानूनी शासनको मान्यता भएको सम्झाएका छन् ।

थापाले फेशबुकमा लेखेका छन्–कानूनविपरित कार्य गर्ने सबै जना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्छ । सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस, नयाँ होस की पूरानो होस, भिडको होस् की टाकुराको होस, एक्लो होस की शक्तिशाली होस्, कानून सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानूनी दायरामा आउनुपर्छ र सबैले आफ्नो मागको कानूनी दायित्व बोक्नुपर्छ ।

थापाले कुनैपनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नपाउने टिप्पणी गरेका छन् । उनले भने,‘यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होईन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकारमा होस की प्रतिपक्षमा हुँदा होस, मेरो मान्यता र विश्वास बदलिँदैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP