आइतबार , भाद्र १४, २०८३

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्मपनि अमेरिकाले महिला नेतृत्व नपाउने दाबी गरेका छन् । उनले अमेरिकी समाज नै पुरुषवादी चिन्तनबाट ग्रसित रहेको टिप्पणी गरे ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा ‘अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा’ आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अमेरिकी जनताले यसपालि पनि महिलालाई नेतृत्वमा रुचाएनन् । त्यहाँ अहिलेपनि पुरुषवादी चिन्तन छ । आउने एक सय वर्षपनि महिला नेतृत्व आउने सम्भावना छैन् । अमेरिकी समाज महिलाप्रति पूर्वाग्रही छ । रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्पले जेल जानुपर्छ । ५० वर्षदेखि अमेरिकामा बसेको एकजनाले मलाई टेक्स्ट गरेको छ, कि ट्रम्पमात्रै यस्तो राष्ट्रपति हो, जसले आज के गर्छ, भोलि गर्छ भन्ने थाहा हुँदैन । सन् २०२५ विश्वको लागि डिस्ट्रक्भि हुनेछ ।’

उनले भने,‘यो पाँच वर्ष विश्वभरि ५ लाख मानिसको हताताी भयो । युक्रेनबाट २ करोड मानिस विस्थापित भएका छन् । युक्रेन ध्वस्त (रुईन) भैसकेको छ । त्यहाँका मानिस अन्त्यै स्थापित भैसके । रुस–युक्रेनको यो युद्ध निरन्तर हुने हो भने युरोपले धान्न सक्दैन् भन्ने मनोविज्ञान छ । इजरायलको मात्रै कुरा गर्ने हो भन ४० हजारभन्दा बढि प्यालेस्निाटाईनका नागरिकको ज्यान गएको छ । त्यसमा पनि ७० प्रतिशतभन्दा बढि महिला र बालबालिकाको ज्यान गएको छ ।’

उनले राष्ट्रपतमिा निर्वाचित ट्रम्पले भोलि चिनियाँ उत्पादनलाई बन्द गरौं भनेपनि अमेरिकी उपभोक्ताले त्यो गर्न नदिने अवस्था सुनाए । रसियामाथि युक्रेनको नाममा घेराबन्दी गरेर उसलाई समाप्त पार्छु भन्ने हिसाब ल्याईएपछि रुसले ८० भन्दा बढि मुलुकलाई आफ्नो पकडमा ल्याईसकेको केसीको दाबी छ । उनले भने,‘अहिले मोदीपनि बाध्य भएरु रुससँग नजिक हुनुभयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP