आइतबार , असार १४, २०८३

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् ।

बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् ।

‘हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुमा लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ ?’ उनले प्रश्न गरे ।

अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको भन्दै मन्त्री गुरुङले उनीहरु नै अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरुमा बाँडिएको बताए । ‘७० देखि ७५ प्रतिशत विद्यार्थी राजनाीतिमा छैनन्, उनीहरु रास्वपा र बालेनजस्ताको सेना भइरहेका छन्’, उनले भने ।

एमालेले देशभरका छोराछोरी अखिलमा र युवा संघमा होस् भनेपनि उनीहरु कहाँ छन् भन्ने पार्टीका नेता कार्यकर्तालाई थाहै नभएको नेता गुरुङको भनाइ छ ।

‘देशैभरि छोराछोरी अखिलमा, युवा संघमा होस् भनेको होइन, कहाँ छन् उनीहरु ? पार्टीले बनाएको योजना हामीले कहाँ कार्यान्वयन गरेका छौं ?’, उनले प्रश्न गरे, ‘नयाँ पुस्ता हामीसँग छैन अहिले, उनीहरुलाई विद्यार्थी, युवा अरु कुन कुन जनसंगठन छन्, त्यसमा आवद्ध गर्नुपर्‍यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP