सोमबार , जेठ २७, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन बाकु भ्रमणमा जान लागेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ देखि ३० गतेसम्मको भ्रमण कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै प्यूठानका एमाले नेता हरि रिजालको नेतृत्वमा सरकारले राष्ट्रिय भूमि आयोग पुनर्गठन गरेको पनि मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP