आइतबार , बैसाख ७, २०८२

गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज (बुधबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले सरकार अनुहार हेरेर नभई कानूनअनुसार अघि बढेकोले दोषीमाथि कारबाही गरिने बताए । उनले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताउने क्रममा गुरुङमाथि पनि छानबिन हुने बताएका हुन् ।

यसअघि कांग्रेसका महामन्त्री गगन थापाले पनि धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान हुने र दोषी देखिए कारबाही गर्नुपर्ने बताएका थिए । उनले रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP