आइतबार , असार १४, २०८३

गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज (बुधबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले सरकार अनुहार हेरेर नभई कानूनअनुसार अघि बढेकोले दोषीमाथि कारबाही गरिने बताए । उनले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताउने क्रममा गुरुङमाथि पनि छानबिन हुने बताएका हुन् ।

यसअघि कांग्रेसका महामन्त्री गगन थापाले पनि धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान हुने र दोषी देखिए कारबाही गर्नुपर्ने बताएका थिए । उनले रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP