आइतबार , असार १४, २०८३

पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सोमबार दिनैभर काठमाडौंसहितका सडकमा चर्कोसँग ‘केपी चोर देश छोड । ‘राजनीतिक प्रतिशोध साँधन् पाईदैन्’ । ‘दुई तिहाईंको दम्भ नदेखा’ लगायतका चर्का चर्का भाषण गरे । दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका रास्वपाका शीर्ष दुई नेता भने साँझ प्रधानमन्त्री ओली भेट्न बालुवाटार छिरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।

सोमबार दिनभर रविको पक्षमा चर्का-चर्का नारा र भाषण दिएका रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सुटुक्क साँझ ओली भेट्न बालुवाटार छिरेका थिए । बालुवाटार पुग्दा निक्कै निरास देखिएका पूर्वमन्त्री डीपीले रास्वपा र एमालेबीचको विगतको निकट्ता कोट्याउँदै रविलाई छाडिदिन आग्रह गरेको बालुवाटार स्रोतको दाबी छ ।

‘विगतमा लामो समय हामी एकै ठाउँमा रह्यौं । भोलि पनि रहनसक्छौं । तपाईहरुको माया र सद्भावले हामी यहाँ आइपुगेका हौं । अहिले स्थिति अपठ्यारो छ । सहयोग गरिदिनुपर्यो । रविजीलाई बाहिरै राखेर अनुसन्धान होस् । यसमा सरकारले सहयोग गरिदिनुपर्यो’ प्रधानमन्त्री ओलीसँग डीपीले गरेको आग्रहबारे स्रोतले भन्यो ।

रवि छाड्न डीपीको आग्रहपछि प्रधानमन्त्री ओलीले भने तत्कालका लागि केही गर्न नसकिने जवाफ दिएका थिए ।‘तत्कालका लागि केही गर्न सकिएन् । मुद्दा फिर्ता लिने अवस्था पनि छैन् । अदालती प्रक्रियामा पुगिसक्यो’ डीपीसँग प्रधानमन्त्री ओलीले भनेका थिए । अर्याल र ओलीको संवादपछि सँगै रहेका प्रमखु सचेतक परियारले सरकारले चाहेमा रवि थुनामुक्त हुनसक्ने भन्दै प्रतिशोध नलिइदिन आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

दिनभरी ओलीविरुद्ध चर्को नाराबाजीगरेर साँझ ओली नै भेट्न बालुवाटार पुगेको भन्दै एमालेजन आक्रोशित बनेका छन् । प्रधानमन्त्रीविरुद्ध मुख छाडेर हिँड्ने, जिउँदोलाई मरेको घोषणा गर्ने र दाहसंस्कार गर्नेजस्तो निकृष्ट व्यवहार देखाएपछि रास्वपा आलोचनाको केन्द्रमा छ । एमाले नेता विष्णु रिजालले प्रधानमन्त्रीको दाहसंस्कारजस्तो अशोभनीय काम गर्नेहरू कुन मुख लिएर बालुवाटार पुगेको भन्दै प्रश्न उठाएका छन् । रविलाई बचाइदिनुपर्‍यो भनेर हारगुहार गरे पनि मुद्दा फिर्ता लिन सम्भव नहुने उनको भनाइ छ ।

‘दिनभरि प्रधानमन्त्रीका विरुद्ध व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्नेजस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो मुद्दा फिर्ता सम्भव हुन्न ।’

प्रधानमन्त्री ओली भेट्नुअघि रास्वपाका उपसभापति अर्यालले गृहमन्त्री रमेश लेखकसँग पनि कुरा गरेका थिए । गृहमन्त्रीसँगको भेटमा पनि रास्वपाले रविलाई छाडिदिन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । जवाफमा गृहमन्त्री लेखकले विषय अदालतमा पुगिसकेको हुँदा तत्कालका लागि केही गर्न नसकिने बताएका छन् ।

कास्कीको सूर्यदर्शन, वुटवलको सुप्रिमलगायतका सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्री लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । १३ दिनदेखि उनी कास्की प्रहरीको हिरासतमा छन् । सहकारी बचत रकम दुरुपायोगबारे छानबिन गर्न गठित एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारीको रकम गोर्खा मिडियामा लैजाने काममा संलग्नता नदेखिएपनि त्यसलाई खर्च गर्ने काममा रवि संलग्न रहेको भन्दै रविसहित ९ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।सभापति लामिछाने पक्राउसँगै उक्त पार्टीका नेता/कार्यकर्ता पोखरामा आन्दोलन गर्न पुगेका थिए । एक साता लामो पोखरा बासपछि बल्ल पार्टीगत स्वरुपमा फर्किएको थियो । यही कातिक १० गते शनिबार उपसभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकले नेताहरूको जिम्मेवारी पनि बाँडफाँट गरेको थियो ।

आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो । रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP