शनिबार , भाद्र १३, २०८३

काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको थियो। मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ५१ लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको थियो । आन्दोलन सकिएलगत्तै उनीहरुलाई रिहा गरेको प्रहरीले जनाएको छ । सांसद अशोककुमार चौधरी सहित ५१ जना नेताहरु प्रहरी नियन्त्रणमा थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP