आइतबार , भाद्र १४, २०८३

सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विभागीय कारबाही गर्ने भएको छ । सरकारको निर्देशनको अवेज्ञा गरेको भन्दै उनलाई मन्त्रालयमा तान्नेगरि तयारी थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उर्जामन्त्री दीपक खड्काले कुलमानलाई मन्त्रालयमा नै तान्नेगरि तयारी थालेको मन्त्रालयनिकट उच्च स्रोतको दाबी छ । पछिल्लो समय प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ र सरकारबीच विवाद चुलिएको छ ।

सरकारले विद्युतको बक्यौता बाँकी भएका उद्योगको लाईन काट्नुमात्रै समस्याको समाधान नभएको भन्दै घिसिङलाई केही समय पर्खन भनेको थियो । तर, घिसिङले सोबारे सरकारबाट लिखित निर्देशन माग गरेका थिए । कुलमानलाई जसरी पनि जिम्मेवारीबाट हटाउनुपर्ने पक्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।

यसबारेमा उनले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि सहमति लिईसकेका छन् । देउवाले पनि सरकारलाई जे गर्दा सहज हुने हो त्यही गर्न भनेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP