सोमबार , जेठ २७, २०८२

सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विभागीय कारबाही गर्ने भएको छ । सरकारको निर्देशनको अवेज्ञा गरेको भन्दै उनलाई मन्त्रालयमा तान्नेगरि तयारी थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उर्जामन्त्री दीपक खड्काले कुलमानलाई मन्त्रालयमा नै तान्नेगरि तयारी थालेको मन्त्रालयनिकट उच्च स्रोतको दाबी छ । पछिल्लो समय प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ र सरकारबीच विवाद चुलिएको छ ।

सरकारले विद्युतको बक्यौता बाँकी भएका उद्योगको लाईन काट्नुमात्रै समस्याको समाधान नभएको भन्दै घिसिङलाई केही समय पर्खन भनेको थियो । तर, घिसिङले सोबारे सरकारबाट लिखित निर्देशन माग गरेका थिए । कुलमानलाई जसरी पनि जिम्मेवारीबाट हटाउनुपर्ने पक्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।

यसबारेमा उनले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि सहमति लिईसकेका छन् । देउवाले पनि सरकारलाई जे गर्दा सहज हुने हो त्यही गर्न भनेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP