शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् ।

आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् ।

सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’

वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै उनले यो अस्वाभाविक भएको बताए । ‘अप्राकृतिक ढंगले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई बाहिर निकाल्ने काम गर्नुभएको छ । यो सामान्यत संसदीय लोकतन्त्र भनिने ठाउँमा यस्तो हुँदैन,’ उनले भने, ‘…पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP