शनिबार , भाद्र १३, २०८३

जनमत पार्टीका अध्यक्ष सिके राउतले रास्वपाका सभापति रवि लामिछाने पक्राउलाई आफूले प्रतिशोध र निषेधको राजनीतिको अलावा केही नभन्ने भनेका छन् । लामिछाने पक्राउ परेलगत्तै फेशबुकमा आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् । उनले लामिछाने पक्राउलाई सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको भनेका छन् । उनले लामिछानेको पक्राउलाई राज्यद्धारा गरिएको फ्रेमिङ्ग भनेका छन् ।

यस्तो छ राउतको धारणा :

२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको ३अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन।
यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ’फ्रेमिङ्ग’ गरिएको हो।
हाम्रो धरातल र कैयन् एजेण्डा फरक होला, कतिपय ठाउँमा हामीविपरीत धारमा पनि उभिएका छौं, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ। आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ।
पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म – दुई दर्जनभन्दा बढी पटक हिरासत÷जेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन।
त्यसकै दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्षनेताहरूले गर्दै आएका छन्। उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक वसूली गर्न त्यसको प्रयोग हथियारको रूपमा गर्दै आएका छन्। एउटा निमुखा, गरीब आम मानिसको त हत्या हुँदा समेत प्रहरीले ऊजुरी दर्ता गर्न मानिराखेको हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP