आइतबार , असार १४, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराउँदै घटनाको छानविन आयोग गठन गर्न माग गरेका छन् । गत असोज १२ गते मकवानपुरका ३ जना विद्यार्थीसहित ६ जना विद्यार्थीको पहिरोले पुरेर निधन भएको थियो ।

‘गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भयो। वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पिडितलाई न्याय देओस् भन्ने माग गर्दछु। यस तर्फ प्रम केपी ओलीको ध्यान आकर्षित गर्दछु,’– उनले भनेका छन् ।

२०४५ साल फागुनमा आँधिबेहरीको कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान जाँदा आफूले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षबाट तत्काल राजीनामा दिएको उनले स्मरण गराएका छन् । तत्कालीन सरकारले छानविन आयोग गठन गर्दा अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भएको र शिक्षामन्त्री राजीनामा दिन बाध्य भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP