आइतबार , असार १४, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी राजमार्ग भोलि (शुक्रबार) विहान १० बजेबाट सञ्चालनमा आउने जानकारी गराएका छन् । सो अवरुद्ध राजमार्गको अवरोध खुलाउन यतिवेला भौतिक मन्त्रालयका सचिव ईं केशव शर्मा फिल्डमै खटिएका छन् ।

सचिव शर्मासँगको टेलिफोन कुराकानीमा यस्तो जानकारी प्राप्त भएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले अवरुद्ध सडक खुलाउन फिल्डमै खटिएका प्राविधिकसहितका टिमलाई धन्यवाद भनेका छन् ।

फेशबुकमा वीपी राजमार्ग खुलाउन भैरहेको कामको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्-

बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP