शनिबार , भाद्र १३, २०८३

पार्टीको १०औं महाधिवेशनपछि नेकपा (एकीकृत समाजवादी) मा चरम निराशा छाएको छ
। गत असारमा एकीकृत समाजवादीले १०औं महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी अध्यक्ष, सम्मानित नेता, महासचिव र केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

तर, पोलिटव्यूरो र अरु पदाधिकारी चयनमा निर्वाचन भएसँगै एकीकृत समाजवादीमा चरम निराशा छाएको हो । नेताहरु जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, हरि पराजुली, देवसिंह महतलगायतका नेताहरुले अध्यक्ष माधव कुमार नेपाललाई भेटेर पार्टी छाड्ने चेतावनी दिएका छन् । उनीहरुले पदाधिकारी र पोलिटव्यूरो खारेजीको माग गरेका छन् ।

तर, एकीकृत समाजवादीको उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीमा समस्या भएपनि त्यो तहसम्मको स्थिति नरहेको बताए । ‘असन्तुष्ट साथीहरुलाई कसरी समेट्न सकिन्छ भन्नेमा उहाँहरुको चासो छ ।’ उनले भने, ‘असन्तुष्टिको राजनीति धेरै ठूलो नरहेको हुनाले के कारणले असन्तुष्ट भन्दाखेरी चुनाव हारेर असन्तुष्ट ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP