सोमबार , जेठ २७, २०८२

माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने भएको छ ।

मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ ।

स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

माओवादीले उम्मेदवार छनोटको विधिसमेत तोकेको छ । वडाध्यक्षको उम्मेदवार छनोट गर्दा वडा सदस्यहरुको भेला गरेर सहमति खोज्नुपर्ने, नभए बहुमतबाट निर्णय गरेर पालिका समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

पालिका प्रमुख, उपप्रमुख पदको उम्मेदवार छनोट गर्दा भने सबै वडाका प्रतिनिधि र पालिका समितिको बैठक बसेर सहमति वा बहुमतीय प्रणालीबाट छनोट गर्नुपर्ने परिपत्रमा उल्लेख छ । पालिका समितिले २५ कात्तिकभित्र प्रदेश र केन्द्रमा पठाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP