शनिबार , भाद्र १३, २०८३

माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने भएको छ ।

मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ ।

स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

माओवादीले उम्मेदवार छनोटको विधिसमेत तोकेको छ । वडाध्यक्षको उम्मेदवार छनोट गर्दा वडा सदस्यहरुको भेला गरेर सहमति खोज्नुपर्ने, नभए बहुमतबाट निर्णय गरेर पालिका समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

पालिका प्रमुख, उपप्रमुख पदको उम्मेदवार छनोट गर्दा भने सबै वडाका प्रतिनिधि र पालिका समितिको बैठक बसेर सहमति वा बहुमतीय प्रणालीबाट छनोट गर्नुपर्ने परिपत्रमा उल्लेख छ । पालिका समितिले २५ कात्तिकभित्र प्रदेश र केन्द्रमा पठाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP