शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन् । उनले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको दाबी गरे ।

आज (आइतबार) चितवन पुगेका दाहालले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भने,‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन । गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको मैले सुनेको छु ।’

उनले आफूले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए । उनले भने,‘फेरि मैले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने हुँदैन् । सरकार छ । अनि सम्बन्धित निकायहरु छन् । अब सहकारीसम्बन्धी संसद्बाट कार्यदल बन्यो । त्यो बनाउनुपर्छ भन्नेमध्ये म पनि एउटा हुँ । अर्को रवि लामिछानेपनि हो । एउटा कुरा बुझ्नुपर्छ । छानबिन समिति बनाउनुपर्छ भन्ने रवि लामिछानेजी हो । बरु, बनाउन हुन्न भन्ने केपी ओलीजी हो । अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले बरु छानबिन समिति बनाउने कुरामा मेरो विरोध छ भन्नु भएको थियो । अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । कारबाही गर्न कसैले रोकेको छैन् । तर, कार्यदलले सहकारी ठगीमा रवि लामिछानेलाई आरोपित गरेको अहिलेपनि छैन् । गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होईन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP