शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सहकारीको पैसा….लाई मासु पैँचो दिएझैं उफ्री–उफ्री खाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सर्वसाधरण जनताको यसरी खाएको पैसा कसरी फिर्ता ल्याउन सकिन्छ भनेर सरकारले काम गरिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित गर्दै उनले भने, ‘सहकारी पीडितहरुको कुरा सुन्नुपर्छ । उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ । तर, कहिले कहिले यस्तो भइदिन्छ, केलाई मासु पैँचो भनिन्छ नि ? कसले त्यतिबेला पैसा लियो, उफ्री–उफ्री, चम्कीचम्की खायो । खाइसकेको त गइसक्यो । अब त्यसलाई फिर्ता कसरी ल्याउने सम्बन्धमा अध्यायन भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सहकारी पीडितहरुको समस्या समाधान गर्ने सन्दर्भमा सरकार गम्भीर रहेको उनले बताए । यस समस्याको सही समाधान खोजिने उनले बताए । कानुनको पालना गरेर, कानुनको दायराभित्र रहेर काम गर्न सामाजिक सञ्जालमा बोलेझैं सजिलो नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP