आइतबार , असार १४, २०८३

शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरका २० वटा राजमार्ग हाल पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं हेटौंडा जोड्ने सिस्नेरी सडकसहितका २० वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको हो ।

अझै पनि २० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । धेरै स्थानमा एकैपटक राजमार्ग अवरुद्ध भएपछि स्रोतसाधन तथा जनशक्ति व्यस्थापन हुन नसक्दा सडक खुलाउन समय लागेको बताइएको छ ।

शुक्रबार देखिको वर्षाका कारण हालसम्म १९३ जनाले ज्यान गुमाएका छन् भने ३० जनाको अवस्था अज्ञात नै रहेको छ ।

हाल सुनसरीको चतरा पुलदेखि बराह क्षेत्र मन्दिरसम्म जाने सडक पहिरोको कारण अवरुद्ध छ । मकवानपुर आँपचौरको कान्ती राजपथको सडक पनि अवरुद्ध छ ।

त्यस्तै, बीपी राजमार्ग-काभ्रेपलान्चोक भ्याकुरे खोला, चर्सया बेसी, अरनिको राजमार्ग-सिन्धुपाल्चोक कोदारी, ललितपुरको ग्वार्को, लुभु हुँदै पनौतीसम्म जाने सडक पनि अवरुद्ध छ ।

यसैगरी, पुष्पलाल मध्य पहाडी राजमार्ग-सिन्धुली अक्करे भीर, अरनिको राजमार्ग-सिन्धुपाल्चोक सिरेस, ललितपुरको एकान्तकुनादेखि हेटौँडासम्मको कान्ती राजपथमा पनि सवारी साधन सञ्चालनमा छैनन् ।

पुष्पलाल मध्य पहाडी राजमार्ग-सिन्धुलीको हर्जेनी, बलेनी, सालघारी भन्ने स्थानमा पहिरो हट्न सकेको छैन । बीपी राजमार्गको बर्दिबास-धुलिखेल खण्ड विभिन्न स्थानमा पहिरो झरेका कारण बन्द छ ।

पुष्पलाल मध्य पहाडी राजमार्गको सिन्धुलीमा कुखुरेटार, ल्याउ खोला, फिक्कल, रिठ्ठा बोटमा पहिरो छ । त्यस्तै, मेची राजमार्गको पाँचथर फिदिमछेउ अरनिको राजमार्ग-सिन्धुपाल्चोक लार्चा, पश्चिम रुकुमको भेरी करिडोर त्रिवेणी, धनकुटाको ओर्खे, धादिङको बुलटार, पाँचथरको माइदाने, सिन्धुपाल्चोकको लिपीङ पुल, सिन्धुलीको बोरुङ्गे सडक पनि पहिरोले अवरुद्ध छ ।

विभागका अनुसार रामेछापको सुनकोशी पुल, काभ्रेपलान्चोकको माम्ती खोला, काल ढुंगा, बोक्सी कुना, नार्के पुल आसपास, काभ्रे भन्ज्याङ, पिनथली बेसी, डाला बेसी, चौकी डाँडा, अवरुद्ध छन् ।

नवलपुरको तरङ्ग खोला, रामेछापको खैरेनी घाट, खानी खोला, गुल्मीको लत्रे भीर, उदयपुरको फोक्सिन्टार, मुस्ताङको राजकुद देविस्थान र बागलुङको कुचुरे भीरमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

काठमाडौंदेखि नौबिसे तथा मुग्लिङ हुँदै नारायणगढ पुग्ने मुख्य राजमार्ग संचालनमा आएको छ । मुग्लिङ पोखरा सडक पनि संचालनमा रहेको विभागले जनाएको छ । पुर्वपश्चिम राजमार्ग पनि पूर्ण रुपमा संचालनमा छ ।

ठूला र चल्तिकामध्ये बीपी राजमार्ग खुल्न भने समय लाग्ने जनाइएको छ । यो राजमार्गका धेरै स्थानमा पहिरोले सडक बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP