आइतबार , भाद्र १४, २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा नयाँ इन्चार्ज खटाएको छ । संसदीय दलको नेता परिवर्तनपछि किचलो सामना गरिरहेको माओवादीले त्यसलाई साम्य बनाउनुको साटो उल्टै विवादलाई बल पुग्नेगरी नयाँ इन्चार्ज तोकेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसँगको परामर्शमा नयाँ इन्चार्ज तोकेको हो । ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावको आधारमा सुदूरपश्चिम प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारी निम्नानुसार गरिएको यो पत्र जारी गरिएको छ सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिन्छ’, अध्यक्ष र महासचिवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङको सर्कुलरअनुसार कञ्चनपुरमा टेकेन्द्र भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती शाही र दार्चुला लक्ष्णदत्त जोशीले इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी, अछाममा सरदसिंह भण्डारी, बभाङमा मीनबहादुर कुँवर, बैतडीमा नरेन्द्र कुँवर र बाजुरामा कर्णबहादुर विश्वकर्मालाई इन्चार्ज को जिम्मेवारी दिएको सर्कुलरमा उल्लेख छ ।

यद्यपि, कञ्चनपुरमा इन्चार्ज रहेका भट्ट, बैतडीका कुँवर र बाजुराका विश्वकर्मा भने पहिला पनि तिनै जिल्लामा इन्चार्ज थिए । पहिला कैलालीमा हरि ज्ञवाली, डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विकले इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

नयाँ जिम्मेवारी पाउनेमा यसपटक उपमहासचिव वर्षमान पुनपक्षका नेताहरुको बाहुल्यता रहेको देखिन्छ । अर्का उपमहासचिव जनार्दन शर्माको प्रभाव क्षेत्र मानिने सुदूरमा यसपटक उनलाई पन्छाएर पुन निकटले पकड जमाएका हुन् । नयाँ इन्चार्ज तोकिएका ९ मध्ये ५ जिल्ला डोटी, अछाम बाजुरा, दार्चुला र डडेल्धुरामा पुन निकट र २ जिल्ला कञ्चनपुर र बैतडीमा शर्मानिकट नेताले जिम्मेवारी पाएका छन् । त्यसबाहेकका दुई जिल्लामा भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङनिकट एक÷एक जनाले जिम्मेवारी पाएका छन् ।

झनै अप्ठ्यारोमा जनार्दन

त्यसोत, पार्टीका प्रभावशाली नेता मानिने शर्मा पछिल्ला दिनमा किनारामा पर्दै गएका छन । पार्टीको बैठकमा अध्यक्ष प्रचण्डविरुद्ध आफ्नो छुट्टै प्रस्ताव ल्याउनेदेखि निर्णयमा नोट अफ डिसिन्ट लेख्दै आएका शर्मा र प्रचण्डबीचको सम्बन्धमा समेत दरारता आएको लामो समय भईसकेको छ ।

माओवादी केन्द्रदेखि सातै प्रदेशमा सत्ताच्यूत बनेपछि प्रचण्डले पार्टीको नेतृत्व छाडुनुपर्ने शर्माको प्रस्ताव थियो । सो प्रस्तावपछि माओवादीमा निक्कै हल्लाखल्ला मच्चिएको थियो । जनार्दनले पार्टी फुटाउन लागेको देखि आफ्नै पार्टीको सरकार हुँदा सहयोग नगरेकोसम्म आरोप लागेपछि केही समय उनी प्रतिरक्षमा नै उत्रिएका थिए ।

यसअघि पनि शर्माको गृह प्रदेश कर्णालीमा शर्मा निकट रहेका राजकुमार शर्मालाई मुख्यमन्त्रीबाट हटाएर एमालेलाई मुख्यमन्त्री दिईएको थियो भने सुदूरपश्चिमको संसदीय दलबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता बनाइएकोथियो । धामी उपमहासचिव पुन र भट्ट जनार्दन निकट मानिन्छन् ।

सुदूरको संसदीय दलको नेता परिवर्तनको विवाद हालसम्म पनि कायमै छ । भट्टलाई पुन: दलको नेता बनाउन केन्द्रले निर्देशन दिएपनि कार्यान्वयन भएको छैन् । आफू दलको नेता नबनेसम्म प्रदेशसभामा नजाने अडानमा रहेका भट्ट र उनी पक्षका सांसदहरु आकाल-झुक्कल बाहेक प्रदेशसभामा समेत जान छाडेका छन् । जसले गर्दा सुदूरपश्चिम प्रदेश प्रतिपक्षीविहीन बनेको समेत टिप्पणी हुने गरेको छ । यी सबै घटनाले प्रचण्डविरुद्ध पौंठेजोरी खेलेका शर्मा कालान्तरमा किनारामा पर्दै गएकोचर्चा हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP