आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपाका सभापति रवि लामिछानेले आफूलाई छक्याउन खोजेको बताएका छन् । बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही भएको बताएका थिए। यसका लागि उनले थापालाई धन्यवाद समेत दिएका थिए।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP