सोमबार , भाद्र १५, २०८३

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इन्द्रजात्राको कार्यक्रम बहिष्कार गरेका छन् । उनी आज काठमाडौंमा आयोजना हुने इन्द्रजात्राको समारोहमा सामेल हुने छैनन् ।

स्रोतका अनुसार मेयर शाह अहिले भारतमा छन्। गत मंगलबार बैंगलौरमा एल्मुनाइ कार्यक्रममा सहभागी हुन गएका उनको कार्यक्रम लम्बिएपछि इन्द्रजात्रामा सहभागी हुन नसकेका हुन्।

आजको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतका उच्च पदस्थ व्यक्तिहरु सहभागी हुनेछन् । बोलनले कार्यक्रम बहिष्कार गरेपछि विशिष्ट व्यक्तित्वलाई महानगरकी उपप्रमुख सुनिता डंगोलले स्वागत गर्ने भएकी छन् ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP