सोमबार , जेठ २७, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इन्द्रजात्राको कार्यक्रम बहिष्कार गरेका छन् । उनी आज काठमाडौंमा आयोजना हुने इन्द्रजात्राको समारोहमा सामेल हुने छैनन् ।

स्रोतका अनुसार मेयर शाह अहिले भारतमा छन्। गत मंगलबार बैंगलौरमा एल्मुनाइ कार्यक्रममा सहभागी हुन गएका उनको कार्यक्रम लम्बिएपछि इन्द्रजात्रामा सहभागी हुन नसकेका हुन्।

आजको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतका उच्च पदस्थ व्यक्तिहरु सहभागी हुनेछन् । बोलनले कार्यक्रम बहिष्कार गरेपछि विशिष्ट व्यक्तित्वलाई महानगरकी उपप्रमुख सुनिता डंगोलले स्वागत गर्ने भएकी छन् ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP