आइतबार , असार १४, २०८३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अनियमितता छानविन सुरु गरेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएकाले यो सहकारी घोटलाको अनुसन्धानलाई विशेष चासोको रुपमा हेरिएको छ ।

मितरीका अध्यक्ष कु्म्भराज गुरुङले सो सहकारीमा धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङ महाप्रवन्धक रहँदा १२ करोड ५० लाख अनियमितता भएको भनी जाहेरी दिएका थिए । मितेरीका अध्यक्ष कुम्भराजको उजुरीको आधारमा सो सहकारीको अनियमितताबारे छानविन सुरु भएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले मितेरी सहकारीको कार्यालयमै पुगेर केही दिनअघि अध्यक्ष कुम्भराजसँग छलफलसमेत गरेको थियो । सो क्रममा कुम्भराजले ज्योतिले आफू महाप्रवन्धक भएको बेला सो रकम अपचलन गरेको बताएका थिए । उक्त कुरा धनराजलाई पनि जानकारी रहेको कुम्भराजको दाबी छ ।

धनराजले श्रीमतीसँग २०७६ सालमै सम्बन्धविच्छेद भएको बताउँदै आएका छन् । उनले आफू र श्रीमतीबीच कुनै लेनादेना र दायित्व नरहेको बताउँदै आएका छन् । तर, कुम्भराजका अनुसार धनराजले लगभग एक महिनाअघि मितेरी सहकारीमा पुगेर किस्ता तिरेका थिए । उनले सो रकमको फरफारक आफैं गर्ने पनि बताउँदै आएका थिए ।

धनराजले श्रीमतीसँग २०७६ सालमै डिभोर्स भएको बताए पनि २०७७ सालमा सो सहकारीबाट १२ लाख ऋण लिँदा ज्योति नै जमानी बसेको कागज बाहिरिएको छ । धनराजले पेश गरेको ऋण मागपत्रमा ज्योति र आफूबीचको सम्बन्ध श्रीमान÷श्रीमती रहेको खुलाएका छन् । त्यस्तै, गत २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनराज स्याङ्जा–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए । उनले निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराउँदा श्रीमती ज्योति गुरुङ नै लेखाएका छन् ।

उनका यी विविध क्रियाकलापले सहकारी ठगी प्रकरण मिलाउन कागजी डिभोर्स भएको त होईन भन्ने आशंकालाई पुष्टि गर्न मलजल पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP