मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयबाट कांग्रेस र एमाले ब्याक हुने विश्वास व्यक्त गरेका छन् । पत्र लेखेकै आधारमा पदबाट हटाउने तहसम्म जान नहुने भन्दै उनले उपसभामुख रानाको बचाउ गरे । आज (शनिबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘उपसभामुखजी एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्याँतिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछि हट्नु हुन्छ होला।’

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा र संवैधानिक परिषद्को बैठकमा समेत प्रचण्डले उपसभामुख हटाउने तयारीबारे जिज्ञासा राखेका थिए । साथै, उनले तत्काल यस्तो कदम चालिए गतल हुने भन्दै उपसभामुख रानाको बचाउ गरेका थिए ।

यस्तै, प्रचण्डले एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर सुरु भएको विवादको निरुपण नभएसम्म सदन चल्न नदिने चेतावनी दिए । उनले हिंसा शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने चेतावनी दिँदै भने,‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रम गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP