सोमबार , भाद्र १५, २०८३

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

‘शुक्रबार अपरान्ह ४ बजे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछौं,’ सभापति थापाले भने, ‘आजै छलफल टुंग्याएर प्रतिवदनलाई अन्तिम रूप दिने कार्य हुन्छ ।’

गृहमन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको उनले बताए ।

सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा भइरहेको प्रगतिबारे समितिले ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उनले बताए ।

समितिको १३ साउनमा बसेको बैठकले सहकारी ठगीका फरार प्रतिवादीलाई स्वदेश झिकाउन समितिले निर्देशन दिएको थियो ।

१५ भदौमा बसेको प्रतिनिधि सभा बैठकले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्ने निर्णय गर्दै २२ जेठमा पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP