आइतबार , असार १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको तयारी पूरा भएको बताएको छ।

यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ।

बिहीबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलामा करिब १५ सय जना प्रतिनिधि सहभागी रहने बताए।

उनकाअनुसार भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्यसमित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ।

केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने अनुमान गरिएको उनले बताए।

उपत्यका बाहिरबाट आउने केही प्रतिनिधिहरूलाई पार्टीका नेता–कार्यकर्ताले व्यवस्थापन गर्ने गरी तयारी भइरहेको पनि उनले बताए।

राष्ट्रिय भेलाका लागि १५ वटा उपसमिति रहेको पनि उनको भनाइ छ। भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेस हुनेछ।

‘दुई वर्षको दौरान हामीले भोगेका, सिकेका र आगामी कार्यदिशासमेत समेटेर राजनीतिक प्रतिवेदन ल्याउँछौं। सभापति रवि लामिछानेबाट त्यो प्रस्तुत हुन्छ। सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधनमा काम गरिरहेको छ। कार्यदलले काम गरिरहेको छ। विधान संशोधन सुझाव कार्यदलले तयार पारेको विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पास भएर राष्ट्रिय भेलामा प्रस्तुत हुनेछ। यस्तै, पार्टीको संसदीय मूल्यमान्यता र लिडरसिप एकेडेमीसँग सम्बन्धित प्रतिवेदन पनि पार्टीलाई प्राप्त हुँदैछ। त्यो प्रतिवेदन केन्द्रीय समितिले पास गरेर भेलामा पेश हुनेछ,’ उनले भने।

यसका अतिरिक्त सातै प्रदेशले आफ्ना कामका विवरण समेटेर तयार पारेको प्रतिवेदन पनि भेलामा पेश गर्ने तयारी रहेको उनले बताए।

गत साउनमा भएको बन्द कार्यशालाले असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। कार्यशालाको सुझावअनुसार नै अलिकति मिति वर सारेर भेला गर्न लागिएको बुर्लाकोटीले बताए।

रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP