सोमबार , भाद्र १५, २०८३

गत असार २८ देखि साउन ३२ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको कोटीहोम महायज्ञको आय–व्याय सार्वजनिक गरिएको छ । मानव सेवा फाउन्डेसनलगायतका संस्थाहरुको आयोजनामा आयोजित उक्त महायज्ञको संकल्पकर्ता बाल योगेश्वर विजय कृष्णमुर्ति (विजय भण्डारी) थिए ।

कोटीहोम महायज्ञका क्रममा विभिन्न शीर्षकमा २० करोड १५ लाख ८२ हजार ४ सय ८० रुपैयाँ संकलन भएको बताइएको छ । त्यस्तै, भक्तजनहरुले दानस्वरुप दिएको ११ लाख ८९ हजार २ सय ९७ रुपैयाँको चेक नै नसाटिएको विजय कृष्णमुर्तिले सुनाए ।

त्यस्तै, कोटीहोममा २० करोड ८८ लाख ३२ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको उनले बताए । विजय कृष्णमुर्तिका अनुसार प्रमुख कथावाचक देविप्रतिभा, राधिका दासी, चन्द्रकला शखी, दीनबन्धु पोखरेलसहित २० जनालाई ७७ लाख ८२ हजार ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP