आइतबार , असार १४, २०८३

सत्तारुढ दलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई भदौ महिनाभित्रै हटाउने तयारी थालेका छन् । सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेसलगायतका दलमा अहिले उपसभामुख रानालाई हटाउनेबारे व्यापक छलफल भइरहेको छ ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा जान केही युवाहरुलाई सिफारिस गरेर अमेरिकी राजदूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । उनले सिफारिस गरेको मान्छे संसद्भन्दा बाहिरको रहेको र सो कार्य उपसभामुखको पदीय आचरणभन्दा बाहिर रहेको भन्दै कांग्रेस–एमालेले राजीनामा मागिरहेका छन् । कांग्रेस–एमालेले राजीनामाको दवाब दिइरहेपनि उपसभामुख रानाको मनशाय सजिलै मार्ग प्रशस्त गर्ने छैन ।

सत्तारुढ दलको बैठकमा पनि उपसभामुख रानालाई हटाउनेबारेमा छलफल भइसकेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले उपसभामुख रानालाई हटाउनुपर्ने निश्कर्ष सुनाइसकेका छन् । संविधानको धारा ९१ (६) (ग) मा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित गराएर सभामुख र उपसभामुखलाई हटाउन सक्ने व्यवस्था रहेको छ । उपसभामुख रानाले राजीनामा नदिएको खण्डमा सोही व्यवस्था बमोजिम हटाउने सत्तारुढ दलको तयारी रहेको छ ।

उपसभामुख रानालाई हटाएर संवैधानिक परिषदमा कांग्रेसको सहभागिता गराउने तयारी रहेको बताइएको छ । संवैधानिक परिषद्मा अहिले कांग्रेसको सहभागिता छैन । संविधानको धारा २८४ मा वैधानिक परिषद सम्बन्धी व्यवस्था रहेको छ । जसअनुसार प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने छन् भने प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक परिषदको काम कर्तव्य प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस रहेको छ ।

कांग्रेसले संवैधानिक परिषदमा भाग खोजेपछि सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि उपसभामुख रानालाई हटाउनुपर्ने कित्तामा उभिएका हुन् । प्रधानमन्त्री ओली कांग्रेसलाई पनि संवैधानिक परिषद्मा सहभागी गराएर सत्ता गठबन्धनभित्र थप विश्वासको वातावरण बनाउन चाहन्छन् । यस आधारमा रानालाई हटाइसकेपछि उपसभामुख कांग्रेसबाट बनाउने तयारी रहेको छ ।

उपसभामुख रानालाई यही भदौ ३० र ३१ गतेभित्रै हटाउने तयारी रहेको बताइएको छ । उनले राजीनामा नदिए संवैधानिक प्रक्रिया पूरा गरेर अगाडि बढ्नेबारे सत्तारुढ दलहरु सहमत भइसकेका छन् । सत्तारुढ दल जनमत पार्टीका नेता तथा सांसद अब्दुल खानले भने, ‘उपसभामुख रानाको बारेमा ३० या ३१ मा छलफल हुन्छ । भोटिङ भएर यो फाइनल हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP