आइतबार , असार १४, २०८३

उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ । तर, सत्ता गठबन्धनमा रहेको जनमत पार्टी भने त्यसको विरोधमा उभिने चर्चा छ । सो दलका अध्यक्ष डा. सिके राउतले अहिले उपसभामुख हटाउने विषय शोभनीय नहुने र राजनीतिक दाउपेचको लागि मात्रै हुने भन्दै त्यसको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।

उनले यो विषयमा पार्टीभित्र आन्तरिक रुपमा छलफलसमेत गरिसकेका छन् । उनले इन्दिरा रानालाई हटाएर कांग्रेस र एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउने र त्यसपछि साना दललाई मास्नको लागि कदम चाल्न खोजिएको निश्कर्ष निकालेका छन् । रास्वपाले त रानालाई हटाउन प्रस्ताव ल्याईए त्यसको डटेर सामना गर्ने भनेको छ।

उता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि उपसभामुख रानालाई हटाउने कांग्रेस र एमालेको तयारीको विरोध सुरु गरिसकेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गृहजिल्ला झापामा पुगेर उपसभामुख हटाउने दुई ठूला दलको तयारीको विरोध गरेका छन् ।

राप्रपासमेत उपसभामुख रानाको पक्षमा उभिँदा कांग्रेस र एमालेलाई उपसभामुखलाई हटाउनको लागि कठिन हुने चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उपसभामुखलाई हटाउनको लागि सहमति जनाएका छन् । यद्धपी कांग्रेसकै केही सांसदहरुले भने त्यसको आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP