आइतबार , असार १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध हरकोहीसँग प्रमाण छन् भने छताछुल्ल पारिदिन चुनौति दिएका छन् । आज (शनिबार) चितवन पुगेका लामिछानेलाई सञ्चारकर्मीहरूले ‘तपाईँका पूर्व महामन्त्री मुकुल ढकालले गम्भीर आरोप लगाउनुभएको छ, तपाईँलाई ठग प्रमाणित गर्न सक्छु भनेर । यसमा तपाई के भन्न चाहनुहुन्छ ?’ भनी प्रश्न गरेको थिए ।

उक्त प्रश्नको जवाफ दिँदै लामिछानेले आफूविरुद्धका कुनै प्रमाण भएका हरकोहीले जहाँ छताछुल्ल पारिदिए पनि हुने बताए । केही प्रमाण छन् भने सार्वजनिक गरिदिनुस् भनेर आफूले भनेको आज १०७ दिन भएको पनि उनले सुनाए ।

‘प्रमाणित गर्न चाहने मान्छेहरुको लागि धेरै ठाउँहरु खुल्ला छन् । मेरो सबैले प्रमाण नै खोजिरहेका छन् । जो–कोही हुनुहुन्छ, उहाँहरुले सम्बन्धित निकायमा गएर प्रमाण दिनुभएपनि हुन्छ ।’ लामिछानेले भने, ‘मलाई ज–जसले चुनौति दिनुभएको छ, मैले उहाँहरुलाई प्रमाणित गर्दिनुस् न भनेकै छु । प्रमाण भएका हरकोहीले जहाँ प्रमाण छताछुल्ल पार्दिए पनि हुन्छ भनेर मैले भनेको आज १०७ दिन भयो । जो कोहीसँग प्रमाण छ, प्लिज त्यो प्रमाण उपलब्ध गराइदिनुहोला ।’

रास्वपाका निष्काशित महामन्त्री डा. मुकुल ढकालले सभापति लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी गरेका थिए । पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेश गर्दै उनले रविलाई ‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP