आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिनेगरी नियुक्त भएका मन्त्रीहरुको विरुद्धमा संसद्मा कडा रुपमा प्रस्तुत हुनुपर्ने निश्कर्ष निकालेको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय समितिको यस्तो निर्णय गरेको रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।

त्यसैगरी, भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने पक्षमा रास्वपा उभिएको छ । कार्यवहाक प्रवक्ता झाले भ्रष्टाचारको मुद्दामा हदम्याद राखेर सरकारले ठूला माछालाई उन्मुक्ति दिन खोजेको टिप्पणी गरे । भ्रष्टाचार मुद्दामा हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरण, भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको बारेमा आजको बैठकमा छलफल भएको बताए ।

त्यस्तै, रास्वपाले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने, पार्टीको महामन्त्रीबाट निश्काशित मुकल ढकाललाई साधारण सदस्यबाट निश्काषण गर्नेबारे स्पष्टीकरण सोध्ने भएको छ ।

भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिने गरी नियुक्त भएका मन्त्रीहरुको विरोध गर्ने निर्णय गरिरहँदा रास्वपाले आफ्नो विगत भने विर्सिएको छ । रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त हुँदा उनी सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनी व्यापक आलोचना भइरहेको थियो । अनुसन्धान तहकिकात गर्ने निकाय नेपाल प्रहरी गृहमन्त्रालयको मातहतमा रहने र लामिछानेले सो मन्त्रालयको नेतृत्व लिन नहु्ने धेरैको सुझाव थियो ।

त्यस्तै, रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको विगत उनी म्यानपावर व्यवसायी हुन् । उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने । वैदेशिक रोजगारीको लागि मान्छे विदेश पठाउने कम्पनी चलाएका मानिसले श्रम मन्त्रालयको नेतृत्व गरेको भन्दै उनको आलोचना भएको थियो ।

विगतमा आफूमाथि उठेका प्रश्नहरु सुनेको नसुन्यै गरेको रास्वपाले विवादमा रहेर पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको विरुद्धमा जेहाद छेड्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP