मंगलबार , जेठ २८, २०८२

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । मन्त्री राणासँगको भेटबारे तस्विर साझा गर्दै चौथाईवालेले नेपाल र भारतबीच दुई देशको सम्बन्धलाई बलियो बनाउने नयाँ अवसरहरुको बारेमा कुराकानी गरेको जनाएका छन् ।

चौथाइवालेसँगको भेटबारे जानकारी दिँदै मन्त्री राणाले दुई देशबीचको सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको जनाईन् । उनले फेशबुकमा लेखकेी छिन्-“आज नयाँ दिल्लीमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख श्री डा. विजय चौथाइवालेसँग भेटघाट भयो । भेटमा नेपाल(भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भयो ।मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँ मार्फत धन्यवाद पनि व्यक्त गरे।”

सो क्रममा चौथाईवालेले डा. राणालाई नयाँ जिम्मेवारी प्राप्त गरेको भन्दै बधाईसमेत ज्ञापन गरेका थिए । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा डा. राणाले चौथाईवालेलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै राखी (रक्षा बन्धन) बाँधेकी थिईन् ।

मन्त्री राणाले भारत भ्रमणको क्रममा समकक्षी डा. एश जयशंकरदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसम्म भेटवार्ता गरेकी छिन् । भारत बसाईको क्रममा उनलाई उच्च सम्मान दिईएको चर्चा भैरहेको छ । भारतले उनलाई नेपालको भावी प्रधानमन्त्रीको रुपमा समेत हेरेको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP