सोमबार , बैसाख ८, २०८२

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद ढकालले विद्युत प्रधिकरण र सरकारबीचको टसलबारे कुरा उठाउन लागेका थिए । डेडिकेटेड र टंक लाइन विवादमा ६ वटा उद्योगको लाइन नेपाल विद्युत प्राधिकरणले काटेपछि सरकार र प्राधिकरणबीच पानी बाराबरको अवस्था सिर्जना भएको छ । ढकालले सोही विषयमा कुरा राख्न खोजेका थिए ।

ढकालले सो विषय राख्न खोज्दा घिमिरेले आकस्मिक समयमा अन्य विषय नजोड्न आग्रह गर्दै माइक काटेपछि २५ मिनेटसम्म सदन अवरुद्ध बनेको थियो । २५मिनेटपछि फेरि सांसद ढकाललाई बोल्नदिन सभामुख राजी भएपछि सदनको अवरोध खोल्यो । सदनको अवरोध खुलेपछि सांसद ढकालले सरकारले बहुमतको रवैया देखाएको आरोप लगाए । उनले प्रतिपक्षी दल कमजोर नभएको भन्दै दुईतिहाइको दम्भ नदेखाउन सरकारलाई चेतावनीसमेत दिए ।

उनले भने,‘प्रतिपक्ष कमजोर छैन। भ्रष्टाचारविरुद्धको महाअभियानमा जोडिएको पार्टी हो रास्वपा।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP