मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीसहितका दलहरुसँग वामपन्थी एकताको पहल भइरहेको बताएका छन् । आज (शनिबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय नेतेत्वको नेसपासँग एकताको पहल भइरहेको जानकारी गराएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘समाजवादी मोर्चामा रहेको शक्तिहरुसँग पनि कुराकानी भइरहेको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, गंंगानारायण श्रेष्ठ, महेन्द्र राय यादवसित पनि कुरा चलिरहेको छ । अब बृहत वामपन्थी एकताका लागि तीब्र र घनिभूत पहल कमदमी लिनुपर्छ । देशभक्त, जनवादी प्रगतिशील शक्तिहरुको मोर्चा बनाउनका लागि हामीले जोड दिएर पहल कमदमी लिनुपर्छ भन्नु भएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।

प्रचण्डले एकताको पहल भइरहेको कुरा एकीकृत समाजवादीको १०औं महाधिवेशन उद्घाटन समारोहमा नै खुलासा गरेका थिए । महाधिवेशनमै प्रचण्डले माओवादीसँग एकताको पहल भइरहेको खुलासा गरिदिँदा पनि एकीकृत समाजवादीका अध्यक्ष मौन छन् । उनले अहिलेसम्म माओवादीसँग पार्टी एकता गर्नेबारे कुनै सार्वजनिक कार्यक्रममा भने बोलेका छैनन् । तर, एमालेसंग पार्टी विभाजनको औचित्व पुष्टि नभएको भन्दै एकीकृत समाजवादीका धेरै नेताहरु असन्तुष्ट छन् ।

यस्तो अवस्थामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल केही पनि नबोल्नु ‘मौनम् स्वीकृति लक्षणम्’ पनि हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP